बिदुर नगरपालिकाले वैदेशीक रोजगारीबाट फर्किएकाहरूलाई उद्यमशीलता प्रर्वधन गर्न प्रदान गरेको रकम रसुवाको नागरिकलाई प्रदान गरेको छ।
नगरपालिकाले नगरभित्रका विदेशबाट फर्किएका ३३ जनालाई उद्यमशीलता प्रर्वधन गर्ने लक्ष्यका साथ वितरण गरेको रकम कालिका गाउँपालिका वडा सदस्य उम्मेदवारलाई समेत प्रदान गरेको हाे।
नगरपालिकाले वैदेशिक रोजगारी अनुदान रकम रसुवाको नागरिकलाई प्रदान गरेको भन्दै नुवाकोटबासीले विरोध गर्दै ध्यानकर्षण गराएका छन्।
उनीहरूले ‘नगरले पैसा बाड्दा निकायले के हेरेर बसेको थियो, गलत व्यक्तिलाई सिफारिस गर्ने, सिफारिसकर्ता ,रकम बाड्ने बाड्ने कर्ता ,भुक्तानी लिने भुक्तानीकर्ता, भुक्तानी निर्णय गर्ने निर्णयकर्ता सबै यो काण्डका मतियार हुन् ,छानविन गरि यस काण्डमा संलग्न सबैलाई समातेर भ्रष्ट्राचारको मुद्दा लगाई जेल कोच्न प्रशासन र अख्तियारलाई अनुरोध गर्दछौँ।’ आदि जस्ता कुराहरु राख्दै रकम फिर्ता गर्नुपर्ने चेतावनीसमेत दिएका छन्।