मन्त्रिपरिषद् बैठकका निर्णय:

तीन दिन राष्ट्रिय शोक घोषणा, उद्दार काेषमा १ अर्ब जम्मा गरिने

सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ। बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकपछि जानकारी दिए।

त्यस्तै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ। बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिएका छन्।

त्यस्तै बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महङ्गी तथा कालोबजारी नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको उनले बताए।

असोज १० गतेदेखि भएको वर्षका कारण आएको बाढी र पहिरोले अहिलेसम्म २०९ जनाको मृत्यु भएको छ।

भिडियाे :

प्रकाशित मिति: : 2024-09-30 21:23:00

प्रतिकृया दिनुहोस्