निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
बिएल संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेलगत्तै सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओली छुट्टाछ्ट्टै छलफलमा जुटेका छन्।
प्रचण्ड आफ्नै निवास खुमलटार र ओली बालुवाटारमा छलफलमा जुटेका हुन्।
बैठकमा सहभागी हुन नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङका साथै ओली गुटका नेताहरु बालुवाटार पुगेका छन्।
ओलीले आजै संवैधानिक परिषद्को बैठक बोलाएका छन्। विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अध्यादेश जारी भएसँगै बैठकमा नजाने भएका छन्।
यस्तै, पार्टी अध्यक्ष प्रचण्ड निकट प्रतिनिधिसभा सभामुख अग्नीप्रसाद सापकोटासहित प्रमुख नेता खुमलटारमा जम्मा भएका छन्।
उनीहरुले अध्यादेश असंवैधानिक भएको भन्दै तत्काल खारेजको माग गरेका छन्।
स्थायी कमिटी बैठक चलिरहेको बेला प्रधानमन्त्रीले पार्टीमा सल्लाहबिनै अध्यादेश जारी गरेको भन्दै अन्य प्रचण्डसहित प्रमुख नेताले आपत्ति जनाएका छन्। त्यसबारे औपचारिक धारणका लागि दाहालसहित सचिवालयका केही नेताहरु परामर्शमा जुटेका छन्।
मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छन्।
मंगलबार बिहान बोलाइएको परिषद्को बैठक सभामुख सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो। त्यसलगत्तै आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशको सिफारिस गरेको थियो। तर, मन्त्रिपरिषद् बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल नै नभएको बताइन्छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया