‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। उनलाई चाबहिलस्थित मैजुबहाल निवासबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।
पक्राउ गरेलगतै पूर्वगृहमन्त्री खाँणलाई प्रहरी परिसर टेकुमा राखिएको छ। बुधबार एकाबिहानै प्रहरीको एउटा टोली घरछेउछाउ पुगेको पत्तो पाएपछि उनी त्यहाँबाट भाग्न खोजेको प्रहरी स्रोतले जनाएको छ।
‘हामीहरू पक्राउ पूर्जी लिएर मन्त्रीज्यूको घरमा पुगेका थियौँ। उहाँभित्र बस्नुभएको थियो। हामीहरू गएको थाहा पाएपछि उहाँ अगाडिको ढोकामा चुकुल लगाएर पछिबाट भाग्न खोजिरहेको जस्तो देखिन्थ्यो,’ पक्राउ गर्न मैजुबहाल गएका एक प्रहरीले भने, ‘उहाँ (खाँण) भाग्न सक्ने संकेत पाएपछि हामीहरू चनाखो भयौँ।’
पूर्वगृहमन्त्री पक्राउ परेलगतै उनका नीजि सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरिएको छ।
याे घटनामा यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ, रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई पक्राउ गरिसकेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया