वैदेशीक रोजगारीबाट फर्किएकाहरूलाई उद्यमशीलता प्रर्वधन गर्न रकम वितरण 

बिदुर नगरपालिकाले वैदेशीक रोजगारीबाट फर्किएकाहरूलाई उद्यमशीलता प्रर्वधन रकम वितरण कार्यक्रम सञ्चालन गरेको छ।

नगरपालिकाले उद्यमशीलता प्रर्वधन गर्ने लक्ष्यका साथ विदेशबाट फर्किएका ३३ जनालाई अनुदान स्वरुप ४१,००० रकम वितरण गरेको हो। 

वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप, पुँजी र प्रविधिलाई राष्ट्रहितका लागि नागरिकको पुनः एकीकरण गर्ने उद्देश्यले उक्त कार्य सञ्चालन भएकाे हाे। 

यसैगरी वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पालिकास्तरमै उद्यमी बनाउन विभिन्न पालिकासँग लागत साझेदारी गरी पुनः एकीकरण गर्ने तथा सिपमूलक कार्यक्रम समेत गरिने लक्ष्य राखेको छ। 

कार्यक्रममा नगरपालिका प्रमुख तथा उप्रमुख आदिकाे उपस्थिती रहेको थियो। 


 

प्रकाशित मिति: : 2023-07-15 12:15:00

प्रतिकृया दिनुहोस्