पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र बुहारी हिमानी यतिबेला थाइल्यान्डकाे राजधानी बैंकक वरपर रमाइरहेका छन्।
नेपाल वायुसेवाको उडान नम्बर आरए–४०१ मार्फत शुक्रबार दिउँसाे पाँच बजेतिर बैंकक आइपुगेका पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल, निजी सचिव सागर तिमल्सिना, सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाईं केही दिन यतै रम्ने छन्।
पूर्वराजानिकट स्राेतकाअनुसार बुहारी हिमानी शाह पनि बैंककमै छिन्। उनी असार २५ गते आएकी हुन्।
थाइल्यान्डको देवालयमा पूर्वराजा ज्ञानेन्द्र सपत्नी विराजमान
बैंककस्थित त्रिनाथ देवालयकाे सनातनी मन्दिरकाे माथिल्लाे तलामा पूर्वराजा–रानी भेटिन्छन्। भित्तामा एउटा फोटो झुन्ड्याइएकाे छ। थाई राजा स्वर्गीय भूमिबोल अदुल्यादेज र नेपाली पूर्वराजा ज्ञानेन्द्र शाह सपत्नी सजिएका छन्।
थाइल्यान्डमा राजतन्त्र कायमै छ। नेपालमा गणतन्त्र आइसक्यो। तर, स्वर्गीय राजा भूमिबोल र वीरेन्द्र वा पूर्वराजा ज्ञानेन्द्रलाई बारम्बार स्मरण गर्छन्, नेपालीभाषी।