माेटाे जिउ, अग्लाे कद, हसिलाे मुहार, हक्की स्वभाव चन्दननाथ -७ महत गाउँका ५० वर्षीय ललितजंग महतका चिनारी हुन। लगभग सबैजसो पेशामा सफलता हात पारेका उनी हाल कर्णाली राजमार्गसँग जाेडिएकाे आफ्नै आगनमा रहेकाे जग्गामामा हाँस, कुखुरा र बट्टाई पालन व्यवसाय गरिरहेका छन्।
उनले सुरुमा हाेटेल व्यवसाय गरे। स्नाेल्याण्ड हाेटेल कुनैबेला पर्यटककाे राेजाइमा पर्थ्याे। बजारकाे किनारामा रहेकाे जुगाड खाेला सारा बजारियाकाे दिशा, पिसाब गर्ने ठाउँ थियाे, त्यहीँ उनले हाेटेल खाेले। पर्यटकलाई जुम्ला सफा छ भनेर देखाउन बिहान दुनियाँ दिशा बेल्छाले सफा गर्ने काम गर्थे। त्यसरी जुम्लामा हाेटेल व्यवसाय फस्टाएकाे थियाे।
पहिलाे पल्ट हेलिकप्टरबाट गाडी ढुवानी गरि छाेटाे दूरीको यातायात संचालन गर्ने टिममा उनी पनि थिए। त्यसैकाे फलस्वरूप कर्णाली यातायात व्यसायी समिति जन्मिएकाे थियाे।
गाे कर्णाली टुर एण्ड ट्राभल खाेलेर सानाे गाडीमा लामाे दुरीकाे यातायात र सस्तोमा हवाई यातायात सेवा दिन उनले जाेखिम माेलेका थिए। जसले धेरैहदसम्म जनतालाई लाभ दिएकाे थियाे।
उसाे त उनी पर्यटकलाई तिला नदीमा र्याफि्टङ पनि गराउँछन्। तर याे सँधैभरीलाई भने हुन्न। यी सबै खाले व्यसायका उत्तराधिकार जन्मिसकेपछि उनी नयाँ व्यसायतिर आकर्सित भएका छन्। नयाँ व्यसायले उनलाई आनन्द दिलाएकाे छ।
बिहान उठेदेखि साँझसम्म हाँस, कुखुरासँग खेल्दै उनकाे दैनिकी बितिरहेकाे छ। बेलाबेलामा दाना लिएर आफै जान्छन्। उनी खाेरमा जानेवित्तिकै हाँस कुखुराले घेर्छन्। उनी खुसी हुँदै दाना दिन्छन्।
बिहान, दिउसाे र साँझतिर ग्राहक आउँछन्। देैनिक चार देखि पाँच हजार नगद आउँछ। भाेक लाग्याे भने विभिन्न भेराइटीका अण्डा खान्छन्। काेही नजिकका आए भने चखाउँछन्।
'मैले हाँस, कुखुरा र बट्टाई चरा पालेकाे छु। ती सबैले अण्डा दिन्छन्,' उनले भने, 'मासु र अण्डा दुबैकाे व्यापार भइरहेकाे छ।'
चाइनिज पेकिङ जातका हाँस र विभिन्न प्रजातिका कुखुरा र बट्टाई चराकाे व्यसायले उनलाई व्यस्त बनाएकाे छ। त्यसैले आजभोलि उनलाई बजारका चिया पसलमा फाल्तुका गफ गर्दै हिडेकाे भेट्न सकिदैन। 'व्यस्तता पनि बडाे आनन्दादायी हुने रहेछ,' उनले भने, 'याे व्यवसाय दिगाे बनाएर देखाउने साेच छ।'
उनी किसान परिवारमा जन्मिएका हुन। त्यसैले सबै प्रकारका पेशा पछि पुर्ख्याैली पेशातिर डाेरिए।
'अब यही काममा रमाउने र कमाउने दुबै साेचेकाे छु। किसानको छोरो भएकाले कृषि क्षेत्रमा धेरथोर अनुभव छँदैछ,' उनले भने, 'अब यसलाई व्यवस्थित गरेर लाभ लिने हाे। जाे बेरोजगार युवाकाे निम्ति प्रेरणा बनाेस।'
उनका श्रीमान, श्रीमती नै शिक्षक थिए। दुबैले जागिर छाेडेर व्यवसाय राेजे। हुँदाखाँदाकाे जागिर छाेडेर व्यवसायमा लाग्दा कहिले पनि पछुताउने अवस्था नआएकाे उनकाे अनुभव छ। यसाे हुनुमा उनकाे लगाव र मेहनतले भूमिका खेलेकाे छ।
'मेहनत भएन भने केही हुँदैन। कुनै सफलता मिल्दैन। धेरैका लागि हाँस कुखुरालाई दाना खुवाउनु बाेझ हाे। मेरा लागि आनन्ददायक काम हाे,' उनले मुस्कुराउँदै भने।
३० लाख रुपैयाँ लगानीबाट सुरु भएकाे फर्ममा लगानी बढेकाे छैन। तर उत्पादन बढिरहेकाे छ। एककाे एक्काईस हुने व्यवसाय राेजेका हुनाले अब सुरुकाे लगानी बड्दै जाने उनकाे अनुभव छ।
हाल फार्ममा डेड सय भन्दा बढी हाँस, १ सय ४० बट्टाई र ९ सय कुखुरा छन्। हाँस, कुखुरालाई मकै, जाै, गहुँ र नेपालगन्जबाट आउने दाना खुवाउने गरेका छन्। याे सबै व्यवस्थापनका निम्ति एक जना कामदार राखेका छन्। आफू पनि लागेका छन्।
हालसम्म सरकारी तथा गैर सरकारी तवरबाट कुनै पनि खालकाे अनुदान नलिएका उनी आफ्नै बलबुताले आत्मनिर्भर भन्ने काेसिस गरिरहेकाे बताउँछन्।
'अब त लगानी पनि उठ्न थालिसक्याे। हाँसकाे मार्केट बन्दैछ। लाेकल कुखुराकाे मार्केट असाध्यै राम्राे छ,' उनले भने, 'अण्डाकाे मार्केट झन् राम्राे छ। बिक्री नहुने चिन्ता छैन।'
उनले दुइटा चल्ला निकाल्ने ह्याचरी मेसिन पनि राखेका छन्। बत्ति नियमित भएकाे खण्डमा चल्ला उत्पादन गरेर बिक्री गर्ने लक्ष्य राखेका छन्।
हाँस, कुखुरा, तीनका चल्ला र अण्डा सबै बिक्री गर्दा मासिक एक लाख आम्दानी लिने उनकाे लक्ष्य छ। सुरुसुरुमा निकै टाढा रहेकाे उनकाे लक्ष्य अब समिपमै छ।
नेकपा माओवादी केन्द्रमा आस्था राख्ने उनी आत्मनिर्भर नभइ गरिएकाे राजनीतिले नेतृत्वलाई स्वार्थ केन्द्रित बनाउने दृष्टिकोण राख्छन्।
'आत्मनिर्भरताकाे गजमा राजनीति गरियाे भने समाजसेवा गर्ने साेच पलाउँछ,' उनले भने, 'नत्र आफू र आफ्नालाई बनाउने बाहेक केही हुँदैन।'
तर धेरैले राजनीतिलाई समाजसेवा नठानेर पेशा ठान्दा समस्या आएकाे छ। उनका अनुसार अब राजनीतिलाई उत्पादनसँग जाेड्नुपर्छ। जसले समाज र राष्ट्र समुन्नत बनाउनेछ।
धेरैले लाेकल कुखुरामा विभिन्न खाले राेग आएर किसानलाई मर्का परेकाे अनुभव सुनाएका छन्। उनी भने राम्राे हेरचाह गरेर सम्भावित राेक किराकाे संक्रमणबाट टाढा राख्ने संयन्त्र बनाउन लागेका छन्।
उत्पादन र बजारीकरण उनी आफैले गरिरहेका छन्। फर्म नजिक भएकाे हुँदा धेरैजसाे ग्राहकहरु आफै आएर किनिहाल्छन्। 'बजार खाेज्न जानु परेकाे छैन,' उनले भने, 'उत्पादन विस्तार गर्दै जाँदा बजारकाे व्यवस्थापनमा जुट्नुपर्छ हाेला।'
उनकाे हाेटल चलिरहेकाे छ। पाहुनाहरु आएकाे दिन आफ्नै फर्मकाे लाेकल कुखुराको झाेल खुवाउँछन्। पाहुनाहरु मख्ख पर्छन्। उनलाई दाेहाेराे आम्दानी भइरहेको हुन्छ।
याे ७ महिनामा उनी आफ्नाे लक्ष्य भेटाउने तरखर गरिरहेका छन्। सफलता हात लाग्ने आशमा उत्साहित हुँदै उनी निरन्तर खटिरहेका देखिन्छन्।
तपाईं पनि काम विशेषले हिमालयन एग्रो फर्मभित्र पस्नुभयाे भने मुस्कुराउँदै स्वागत गर्न आएका उनी भन्छन्, 'के काे अण्डा उसिनाैं हाँस, कुखुरा वा बट्टाईकाे?'