प्रचण्डलाई भेटेर संस्कृत विश्वविद्यालयका उपकुलपति लामिछानेले प्रदान गरे समवेदना 

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर समवेदना प्रदान गरेका छन्।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उपकुलपति प्रा.डा.लामिछानेले समवेदना प्रदान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड संस्कृत विश्वविद्यालयका कुलपतिसमेत हुन्। उनकी जीवन संगीनी सीता दाहालको यही असार २७ गते ६९ वर्षको उमेरमा मृत्यु भएको थियो।

 

प्रकाशित मिति: : 2023-07-14 19:10:00

प्रतिकृया दिनुहोस्