नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार केशव तुलाधर पक्राउ परेका छन्।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन दिएर ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका तुलाधरलाई बुधबार काठमाडौँको ठुलो भर्याङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनलाई अनुसन्धानको लागि काठमाडौँ प्रहरी परिसर टेकुमा राखिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अरोप लागेका ३१ मध्ये १४ जना फरार थिए।
यस प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक राई, बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईका छोरा निरज राईलगायत व्यक्तिहरु फरार छन्। पक्राउ परेका पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत डेढ दर्जन व्यक्तिहरु पुर्पक्षका लागि थुनमा छन्।