राप्रपाको महिला विभाग उपप्रमुखमा रेखा थापा मनोनित

अभिनेत्री रेखा थापा राप्रपाको महिला विभाग उपप्रमुखमा मनोनीत गरिएको छ। पार्टी अध्‍यक्ष राजेन्द्र लिङ्देनले थापालाई महिला विभाग उपप्रमुख पदमा मनोनीत गरेका हुन्।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान बमोजिम तपाईंलाई पार्टीको महिला विभाग उपप्रमुख पदमा मनोनयन गरिएको सहर्ष जानकारी गराउँदछु। पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध भई पार्टीको बृहत्तर हितमा कार्य गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। तपाईंलाई हार्दिक बधाई तथा शुभकामना!’

थापाले गएको संसदीय निर्वाचनमा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी थिइन्। थापाले यसअघि पार्टीको कार्य सम्पादन समितिमा रहेर काम गरेकी थिइन्।

प्रकाशित मिति: : 2023-07-12 14:07:00

प्रतिकृया दिनुहोस्