नक्कली कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव पक्राउ परेकी छिन्।
नागरिकता सम्बन्धी कसूरमा उपमेयर यादव र उनका श्रीमान महेन्द्र यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा उपमेयर यादवलाई नियन्त्रणमा लिइएको हो।
उपमेयर यादव दम्पती नै भारतीय नागरिक रहेको र फर्जी कागजातकै आधारमा नेपाली नागरिकता लिएको आरोप लगाउँदै उनीहरुविरुद्ध डाक्नेश्वरी नगरपालिकाकै कृष्णकुमार यादवले मुद्दा दर्ता गराएका थिए।
उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार प्रहरीलाई नागरिकता कसुरमा उपमेयर यादवविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। उपमेयर यादवका पति महेन्द्र भने फरार छन्।