यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले संयुक्त राज्य अमेरिकासँग वार्ता नहुने बताएकी छन्।
शक्तिशाली एवम् प्रभावशाली व्यक्तित्व उनी वार्ताको विचारलाई दिवास्वप्न भन्छिन्।
आणविक प्रतिरोधसम्बन्धी पहिलो अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको बैठकको पूर्वसन्ध्यामा उनकी बहिनीको यो भनाइ सार्वजनिक भएको हो। उत्तरविरुद्धको अमेरिकी–कोरियाली सैन्य गठबन्धनले वार्तालाई असम्भव बनाएको उनी बताउँछिन्।
उत्तर कोरियाले गत साता अहिलेसम्मकै सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेर शृङ्खलाबद्ध परीक्षणलाई निरन्तरता दिइरहेको छ।
अमेरिकाले प्योङयाङले निरन्तर गरेका त्यस्ता परीक्षणलाई सामान्य भन्दै त्यसबाट आश्चर्यचकित हुननपर्ने बताएको छ। उत्तरको हतियार परीक्षणको जवाफमा सोल र वासिङ्गटनले रक्षा सहयोगलाई सघन बनाएका छन् भने संयुक्त सैन्य अभ्यास पनि गर्दै आएका छन्।
अमेरिका र दक्षिण कोरियाबीच मङ्गलबार सोलमा आणविक परामर्शदाता समूहको बैठक हुँदैछ। कोरियाली राष्ट्रपति कार्यालयका अनुसार उत्तर कोरियाविरुद्ध आणविक प्रतिरोधलाई बलियो बनाउने बैठकको मुख्य लक्ष्य भएको बताइएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया