नेपाल समाजवादी विद्यार्थी युनियनले सबै सांसदहरुलाई ध्यानाकर्षण पत्र बुझाउने

 नेपाल समाजवादी पार्टीनिकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै चरणबद्व आन्दोलन गरिरहेको छ।

नेपालमा पुरानो शिक्षा ऐन खारेज गर्दै नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै विद्यार्थी युनियनले आज सबै दलको संसदीय कार्यालयमा सम्पूर्ण सांसदलाई ध्यानाकर्षण पत्र बुझाउन लागेको छ।

सरकारले २०२८ सालदेखि शिक्षा ऐन नल्याएको भन्दै युनियनले संघीयता, गणतन्त्र र नयाँ संविधान जारी भएपछि संविधानअनुरुप नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै आएको छ।

नयाँ शिक्षा ऐन जारी भएपछि शिक्षा क्षेत्रको सम्पूर्ण समस्या समाधान गर्न सकिने भन्दै सरकारलाई दवाव दिँदै आएको हाे। संगठनले हिजो शिक्षामन्त्रीलाई शिक्षा ऐन जारी गर्न माग गर्दै म्यासेज पठाउने अभियान चलाएको थियो।

प्रकाशित मिति: : 2023-07-03 13:52:00

प्रतिकृया दिनुहोस्