बजेटप्रति असन्तुष्ट एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

बजेटप्रति असन्तुष्ट नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ।

उक्त बैठक आज बिहान १०ः ३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिएका छन्।

बैठकले सरकारकाे संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उनले बताएका छन्।

प्रकाशित मिति: : 2023-06-28 10:21:00

प्रतिकृया दिनुहोस्