निषेधित ठाउँमा प्रदर्शन खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार सेतो साडी लगाएर महान्यायाधीवक्ताको गेटअगाडि प्रदर्शन गर्न खोजेपछि आरती गिरी र बिनु यादव पक्राउ परेका हुन्।
आरती गिरीका श्रीमान न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारको कसुरमा कारवाहीको माग गर्दै गिरी बिनु यादवको साथमा महान्यायाधीवक्ता कार्यालय अगाडि पुगेकी थिइन्। त्यहाँ प्रदर्शन गर्न लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई उनीहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।