काठमाडौँ महानगरपालिकाका अध्यक्ष बालेन्द्र साह (बालेन)ले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कानुन र अदालतलाई पनि नमान्ने चेतावनी दिएका छन्। बालेनले भारतीय सिनेमा ‘आदिपुरुष’को सन्दर्भ उठाउँदै यस्तो चेतावनी दिएका हुन्।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन,’ बालेनले फेसबुकमा लेखेका छन्।
उनले सिनेमाका लेखकले नेपाल भारतको अधिनमा थियो भन्ने अभिव्यक्तिबाट नै सिनेमाका निर्माण पक्षको नियत थाहा हुने बताउँदै लेखेका छन्, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ।’
उनले भारतीय फिल्म चल्न नदिने र त्यसबापत जस्तोसुकै सजाय दिए पनि भोग्न तयार रहेको बताएका छन्।