‘समाजवादी मोर्चा’ नेपाली राजनीतिको नयाँ मोड– विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘समाजवादी मोर्चा नेपाल’ नेपाली राजनीतिको नयाँ मोड र प्रयोग भएको बताएका छन्। प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा आयोजित ‘समाजवादी मोर्चा नेपाल’को घोषणा कार्यक्रममा बोल्दै विप्लवले यस्तो यस्तो प्रतिक्रिया दिएक हुन्।

उनले नेपाली जनतालाई आजको परिस्थितिबाट मुक्त गर्नको लागि एउटा लडाइँ लड्न आवश्यक रहेको भन्ने सोचेर नेपाली राजनीतिमा नयाँ कुराको अभ्यास गरेको बताए।

‘नेपालको अधिकार र नेपाली जनतको लागि एउटा नयाँ संघर्षको लडाइँ अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा हामीले एउटा नयाँ अभ्यास अगाडि ल्याएका छौँ, समाजवादी मोर्चा नेपाल, यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो। नयाँ प्रयोग हो,’ विप्लवले भने। उनले सत्तामा भएका माओवादीलगायत पार्टी र जनतामाझ भएको आफ्नो पार्टी एक ठाउँमा आउनु नै नेपाली राजनीतिको नयाँ प्रयोग र संयोग भएको दाबी गरे।

उनले मोर्चाले सहिद र बेपत्ता योद्धाहरुको सपना बोकेर आएको समेत बताए।

प्रकाशित मिति: : 2023-06-19 17:46:00

प्रतिकृया दिनुहोस्