उपचारका लागि चीन गएका वर्षमान पुन ४ महिनापछि फर्किए स्वदेश

उपचारका लागि चीन गएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ४ महिनापछि स्वदेश फर्किएका छन्।

जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि शुक्रबार नेपाल फर्किएका हुन्।

पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका पुनसँग पत्नी तथा पूर्वसभामुख ओनसरी घर्ती पनि चीन गएकी थिइन्।

उनको स्वागतका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदीलगायत विमानस्थलमा पुगेका थिए।

प्रकाशित मिति: : 2023-06-16 11:38:00

प्रतिकृया दिनुहोस्