उपचारको लागि सिङ्गापुर जाँदै देउवा

फाइल तस्विर
फाइल तस्विर

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जाँदैछन्।

उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि आज राति त्यसतर्फ प्रस्थान गर्न लागेकाे उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराएका थिए। सभापति देउवासँग प्रमुख स्वकीय सचिव भानु देउवा पनि जाँदै छन्।

पछिल्लो पटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनु परेका कारण सभापति देउवाको नियमित स्वास्थ्य ‘फलोअप’ हुन सकेको थिएन।

प्रकाशित मिति: : 2023-06-13 22:09:00

प्रतिकृया दिनुहोस्