प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर भएकाे रिटमाथि आज सुनुवाइ हुँदैछ।

बाल सेना दुरुपयोगलगायतका आरोप लगाउँदै पूर्वअयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो।

माओवादीले चलाएकाे सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सैन्यकाे रूपमा प्रयाेग गरेको र बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो।

प्रकाशित मिति: : 2023-06-13 11:20:00

प्रतिकृया दिनुहोस्