काठमाडौँकाे टेकुमा एक व्यक्तिले आफ्नै दाइको हत्या गरेका छन्।
भाइ २५ वर्षीय सुरज शाक्यले दाइ ४५ वर्षीय सूर्य शाक्यको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
भाइले दाइलाई पहिले कुटपिट र पछि खुकुरी प्रहार गरी हत्या गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्।
कार्कीका अनुसार मानसिक सन्तुलन बिग्रिएजस्तो देखिने भाइ सुरजले सोमबार राति १२ बजेतिर दाइमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन्।
सुरजलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।