'सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा र बच्चालाई पौष्टिक आहरा'

म्याग्दीको धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ।

सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, बच्चाको तौल वृद्धि अनुगमन गर्ने र सुरक्षित प्रसूति हुनेलाई घ्यू, अण्डालगायतका पौष्टिक आहरा उपहार दिइएको हो। 

गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि पौष्टिक आहरा उपहार दिने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएका छन्।

“स्वास्थ्य संस्थामा गई चार, छ, आठ र नौ महिनामा गर्भ जाँच गराउने आमा र १५ महिनाभित्र तोकिएका सबै मात्राको खोप लगाएका तथा १२ र २४ महिनामा तौलको वृद्धि अनुगमन गर्न आउनेलाई पोषिला खानेकुरा दिने गरिएको छ”, उनले भने, “पालिकाभित्रका स्वास्थ्य संस्थाबाट सेवा लिने आमा र बच्चाले यो सुविधा पाउने कार्यविधि बनाएका छाैँ।”

चार पटकको गर्भ परीक्षण र सुत्केरी भएपछि पाँच क्यारेट अण्डाको साथमा आधा लिटर घ्यू र सुप बनाएर सुत्केरीले खाने ज्वानो उपहार दिने गरिएको छ। पन्ध्र महिनामा तोकिएको सबै मात्राको खाप लगाउने, १२ र २२ महिनामा वृद्धि अनुगमन गर्ने बच्चाले पनि एक–एक क्यारेट अण्डा पाउँछन्।

प्रकाशित मिति: : 2023-06-12 07:50:00

प्रतिकृया दिनुहोस्