बजेटले मुलुकको आर्थिक संकटलाई सामना गर्न नसक्ने राप्रपाकाे ठहर

फाेटाे/भिडियाे : शनि शाक्य

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सामना गर्न नसक्ने निष्कर्ष निकालेको छ। शुक्रबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले बजेटले जनताको आशा जगाउन नसकेको र आर्थिक संकटलाई सामना गर्न नसक्ने निष्कर्ष निकालेको हो।

लक्ष्यअनुसारको राजस्व र अनुदान उठ्न नसक्ने र प्राप्त राजस्व र अनुदानसमेत खर्च हुन नसक्ने बजेटले भविष्यमा नकारात्मक असर गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बतानए। उनले नागरिकता विधेयकलाई पनि संसदमा नल्याई सिधै प्रमाणीकरण गर्ने प्रक्रिया गलत भएको निष्कर्ष रहेको जानकारी दिए।

बैठकले निष्कृय र प्रभावहीन रहेकाे र अत्यन्तै विवादास्पद रहेका जिल्ला कार्यसमितिलाई विधान बमोजिम खारेज गर्ने निर्णय गरेको छ भने केन्द्रीय नेताहरुलाई तत्कालै भूगोल केन्द्रित जिम्मेवारीमा पठाउने निर्णयअनुसार कार्यविभाज गर्ने काम ७ दिनभित्र गर्ने निर्णय गरिएको लिङ्देनले बताए।

बैठकलले राप्रपाका मुद्दा स्थापित गर्नका लागि र जनजिविकाका विषमया सरकारको ध्यानाकर्षित गर्नका लागि शान्तिपूर्ण नागरिक आन्दोलन अघि बढाउने र कार्ययोजना बनाउन गठित कार्यदलको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ।

प्रकाशित मिति: : 2023-06-09 18:37:00

प्रतिकृया दिनुहोस्