गण्डकीका पूर्वमुख्यमन्त्री नेपालीले गरेनन् सरकारी गाडी फिर्ता

प्रदेशसभाको दोस्रो चुनावपछि गण्डकी प्रदेशमा दुईपटक सरकार परिवर्तन भइसक्यो। प्रदेशसभाका निर्वाचित जनप्रतिनिधिले एक वर्षे कार्यकालय पूरा गर्न अझैँ केही महिना बाँकी छ। तर, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अहिलेसम्म सरकारी सवारी र चालक फिर्ता गरेका छैनन्।

उनले मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग१झ ६०१ नम्बरकाे गाडी र चालक ५ महिना बितिसक्दा पनि फिर्ता नगरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका स्टोर प्रमुख तोयनाथ आचार्यले जानकारी दिए।

‘हाे, उहाँले सरकारी गाडी फिर्ता गर्नुभएकाे छैन। उहाँले लगेकाे मुख्यमन्त्रीकाे वैकल्पिक गाडी हाे। जाँदा सामान लिएर जानुभएकाे हाे तर फिर्ता भएकाे छैन,’ उनले भने। उनले गाडी फिर्ताकाे लागि माैखिक जानकारी गराएकाे भए पनि पत्र नपठाएकाे जानकारी दिए।

त्यसरी पदमुक्त हुँदा लगिएकाे गाडी १५ दिनभित्र फिर्ता गर्नु पर्ने व्यवस्था रहेकाे छ।

सवारी चालक पनि मुख्यमन्त्री कार्यालयका कर्मचारी हुन्। चालकलाई मुख्यमन्त्री कार्यालयबाटै सेवा सुविधा प्रदान गर्दै आएको छ।

पोखरेल गएको पुस २५ गते पदमुक्त भएका थिए।

प्रकाशित मिति: : 2023-06-08 20:05:00

प्रतिकृया दिनुहोस्