
बिएल संवाददाता
पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका छन्।
पक्राउ पर्ने नक्कली सिआइडीहरूमा पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा ७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा छन्।
उनीहरूले गत आइतबार दिउँसो साढे तीन बजे बागलुङ बसपार्कमा आफूहरू सादा पोसाकका खटिएको सिआइडी प्रहरी भएको दाबी गर्दै सर्वसाधारण नागरिकहरूलाई दुख हैरानी दिई शरीरको खानतलासी तथा चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया