बिएल संवाददाता
पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका छन्।
पक्राउ पर्ने नक्कली सिआइडीहरूमा पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा ७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा छन्।
उनीहरूले गत आइतबार दिउँसो साढे तीन बजे बागलुङ बसपार्कमा आफूहरू सादा पोसाकका खटिएको सिआइडी प्रहरी भएको दाबी गर्दै सर्वसाधारण नागरिकहरूलाई दुख हैरानी दिई शरीरको खानतलासी तथा चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया