नेसपाको केन्द्रीय समिति बैठक आजबाट

फाइल तस्विर
फाइल तस्विर

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आज (बिहीबार)बाट सुरु हुँदैछ।

बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे छलफल हुने र आगामी याेजना तथा कार्यक्रमबारे निर्णय गर्ने बताइएकाे छ। बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्प:नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेस गर्ने छन्।

भक्तपुरकाे लाेकन्थलीमा आज बिहान ११ बजेदेखि सुरु हुने बैठक दुई दिनसम्म चल्नेछ।

प्रकाशित मिति: : 2023-06-08 10:46:00

प्रतिकृया दिनुहोस्