‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
रातोपाटी
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प दिनेमा एकमत देखिएको छ।
शुक्रबारको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्षस्थ नेता सम्मिलित बैठकमा काँग्रेस नेतृत्वको सरकार बनाउने सहमति बनेको छ।
पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने सहमति पनि बनिसकेको छ। काँग्रेसभित्र सहमति बने पनि गठबन्धन निर्माण हुन सकेको छैन।
पुनः स्थापित प्रतिनिधि सभाको तेस्रो बैठक चैत ३ गते बस्न लाग्दा पनि प्रधानमन्त्री ओलीको विकल्प दिन दलहरु एकमत भएर निर्णयमा पुग्न सकिरहेका छैनन्।
सत्ता समर्थक दल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन साइत कुरिरहेको छ। यता प्रधानमन्त्री केपी ओली इतर पक्षलाई साथमा लिएर सरकार बनाउने तयारीले तीव्रता पाउन सकेको छैन।
एक चरण काँग्रेसले माओवादी केन्द्र र जसपासँग छुट्टाछुट्टै छलफल गरे पनि परिणाम निस्किन सकेको छैन। तीन दल एकअर्काले खुलेर अग्रसरता नदेखाउँदा गठबन्धनले आकार धारण गर्न नसकेको बताउँछन्।
तर काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का भने काँग्रेसले एउटा दृष्टिकोण बनाए पनि माओवादी केन्द्र र जसपामा त्यो हुन नसकेको बताउँछन्। यद्यपि खड्काले सत्तासीन नेकपा एमालेसँग पनि अनौपचारिक छलफल भइरहेको बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया