सीमा विवादबारे प्रधानमन्त्रीले भने- कुनै विकल्पबारे प्रस्ताव राखेको छैन, कन्फ्युज नहुनुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सीमा विवादबारे भारत भ्रमणका बेलामा कुनै विकल्प नराखेको बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस विषयमा प्रष्ट पारेका हुन्।

‘मैले विकल्पबारे प्रस्ताव राखेको छैन, प्रष्ट हो, कहीँ कन्फ्युज नहोस्, मैल कालापानी, लिपुलेक हाम्रो हो भनेको छु। यसलाई तथ्य बाहिर गएर प्रचार नगरौँ,’ उनले भने।

प्रकाशित मिति: : 2023-06-05 12:23:00

प्रतिकृया दिनुहोस्