प्रतिपक्षी दलकाे अवराेधपछि प्रतिनिधसभा बैठक स्थगित

प्रतिपक्षी दलहरुकाे अवराेधपछि आजकाे प्रतिनिधिसभा बैठक स्थगित भएकाे छ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएकाे नागरिकता विधेयक र भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले दिएकाे अभिव्यक्तिकाे विषयलाई दिएर प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विराेध जनाएपछि बैठक भाेलि (साेमबार) बिहान ११ बजे बस्नेगरी स्थगित भएकाे सभामुख देवराज घिमिरेले जानकारी दिए।

बिहान ११ बजे प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै एमाले, रास्वपा, राप्रपाका सांसदहरले उठेर विराेध जनाएपछि सभामुख घिमिरेल १ घण्टाकाे लागि बैठक स्थगित गरेका थिए। तर, बैठक बस्नकाे लागि सल्लाह भए पनि सहमति जुट्न नसक्दा बैठक स्थगित भएकाे हाे।

आजकाे बैठकमा जेठ १५ गते अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गरेकाे गरेका बैठकमाथि छलफल गर्ने कार्यासूची थियाे।

प्रकाशित मिति: : 2023-06-04 15:30:00

प्रतिकृया दिनुहोस्