हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्छः प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राज्यको हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिएका छन्।

उनले संविधान संशोधन गरेर भए पनि राज्यको हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका हुन्। 

आजपा निकटको आम महिला मोर्चाको काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दैै पूर्वमन्त्री समेत रहेका अध्यक्ष साहले महिलाको ५० प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने बताएका हुन्। उनले मुलुकको बिकास एवं समृद्धीका लागि महिलाको नेतृत्वमा समेत आवश्यक रहेको बताए।

‘३३ प्रतिशतले हुदैन्, राज्यको हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता हुनैपर्छ। संविधान संशोधन गरेर भए पनि राज्यको हरेक क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिकामा बनाउँनुपर्छ’ अध्यक्ष साहले भने, ‘मुलुकलाई समृद्ध बनाउँन र बिकासको नेतृत्व अब महिला नेतृले लिनुपर्छ।’

महिलाहरुले नेतृत्व गरेको ठाउँमा भ्रष्टाचार कम हुने, हुदैन नहुने बताउँदै उनले अब समृद्धीको नेतृत्व महिला नेतृले गर्नुपर्ने समय आएको बताए। यसका साथै उनले मुलुकमा समृद्धी, सुशासनका लागि महिलाहरु अगाडी आउँनुपर्ने उनले सुझाए। 

मुलुकमा भ्रष्टाचार बढेको बताउँदै उनले सुशासन, समृद्धीका लागि अब गाउँ गाउँमा आम महिला मोर्चा गठन गरेर भ्रष्टाचारको बिरुद्धमा अभियान चलाउँन उनले निर्देशन दिए। र सदस्यता वितरणसंगै संगठन निर्माणमा लाग्नुपर्ने उनले बताए । 

आम महिला मोर्चाका अध्यक्ष कुमारी बबिता साहको अध्यक्षता बसेको बैठकमा पार्टीका उपाध्यक्ष तिलक थापा, उपमहासचिव अरुण घिसिङ लगायतको बिशेष सहभागिता रहेको थियो। बैठकले महिला माथि भईरहेको विभद एवं हिंसा तथा मुलुकमा बढदो आर्थिक संकटको बिरुद्धमा संघर्षका कार्यक्रम सहित संगठन बिस्तारमा लाग्ने निर्णय गरेको महिला नेतृ सुमन यादवले बताईन्। यसैगरी ७ सय ५३ वटै पालिकामा आम महिला मोर्चाको संगठन निर्माण गर्ने कार्य अभियानको रुपमा अगाडी बढाउँने निर्णय भएको।

प्रकाशित मिति: : 2023-05-07 22:12:00

प्रतिकृया दिनुहोस्