सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक जारी

File Photo
File Photo

सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे बैठक बसिरहेकाे छ।

पार्टी कार्यालय बसुन्धारामा केहीबेरअघि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेकाे हाे।

बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ। यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुनेछ।

यही वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रवी लामिछाने पुनः निर्वाचित भएर आएपछि आज पार्टीको दोस्रो पटक केन्द्रीय समिति बैठक बसकाे हो। रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ। 

प्रकाशित मिति: : 2023-05-05 18:48:00

प्रतिकृया दिनुहोस्