टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

बिहीबार जिल्ला अदालतले सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिराेहसँग साँठगाँठ रहेकाे आराेपमा सन्दीपलाई बुधबार साँझ बुटवलबाट पक्राउ गरिएकाे थियाे।

उनलाई बिहीबार बिहान काठमाडाैँ ल्याएर बयानकाे लागि जिल्ला अदालत काठमाडाैँमा उपस्थित गराइएकाे हाे।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा संलग्न भएकाे आशंकामा छानविन गर्दा सन्दीपकाे साथबाट केही हप्ता अगाडि डेढ कराेड बराबरकाे चेकसमेत बरामद गरेकाे थियाे।

यस प्रकरणमा प्रहरीले उनीसहित हालसम्म ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेकाे छ भने पक्राउ पुर्जी जारी भएका टाेपबहादुर रायमाझीसहित अन्य तीन जना फरार छन्।

प्रकाशित मिति: : 2023-05-04 14:08:00

प्रतिकृया दिनुहोस्