अनुमा आत्महत्या प्रकरण : विवाह गर्न नमान्ने प्रेमी भनिएका डाक्टर पक्राउ

File Photo
File Photo

शनिबार अपराह्न मृत अवस्थामा भेटिएकी वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठका प्रेमी भनिएका डाक्टर सुजन ढकाल पक्राउ परेका छन्। 

विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै अनुमाको परिवारले सुजन र उनका बुवाविरुद्ध प्रहरी वृत्त बालाजुमा जाहेरी दिएका थिए। साेही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेकाे हाे।

लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै वीर अस्पतालमा कार्यरत ३४ वर्षीय श्रेष्ठले शनिबार प्रेमी सुजन ढकालको बोहोराटारस्थित घरमा पुगेर आत्महत्या गरेकी थिइन्। मृतक श्रेष्ठकी काकी सिर्जना श्रेष्ठकाअनुसार प्रेमी ढकाल र उनका बुबाले विवाहका लागि अस्वीकार गरेका थिए।



प्रेमी डाक्टरले विवाह गर्न नमानेपछि वीर अस्पतालकी नर्सद्वारा आत्महत्या

अनुमाको सोह्रखुट्टेमा कोठा थियो भने सुजनको घर बालाजु बोहोराटारमा रहेको थियो। अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन्। अनुमाले विवाहका लागि पटक–पटक आग्रह गर्दा पनि केटा पक्षले अस्वीकार गरेको बताइएको थियाे।

अनुमाले आत्महत्या गरेकै स्थानबाट प्रहरीले एउटा डायरी बरामद गरेकाे थियाे। बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाइ, प्रेम सम्बन्ध, विवाहका लागि भएको प्रयास र केटापक्षको परिवारले गरेको अस्वीकारलगायतको विषय उल्लेख गरेकी थिइन्।



वीर अस्पतालकी मृत नर्स अनुमाकाे परिवारले डा.सुजनविरुद्ध मुद्दा दर्ता गर्‍याे, पक्राउकाे तयारी

अनुमाको शवसँगै भेटिएको ‘सुसाइड डायरी’मा आफूले दुई पटकसम्म गर्भपतन गराएको, प्रेमीका बुवाले विवाह गर्न नदिएको लगायतका कुरासमेत समावेश गरेकी थिइन्। सोही कुरा र आरोपलाई प्रमाणका रूपमा लिएर प्रेमी ढकाल र बुबाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेकाे थियाे।

प्रकाशित मिति: : 2023-05-02 16:00:00

प्रतिकृया दिनुहोस्