नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
बिएल संवाददाता
प्रेमीले विवाह गर्न नमानेको भन्दै काठमाडौँ वीर अस्पतालमा कार्यरत एक नर्सले केटाकै घरमा गएर आत्महत्या गरेकी छिन्।
३४ वर्षीया नर्स अनुमा श्रेष्ठले बोहोराटारस्थित प्रेमी डा.सुजन ढकालको घरमा गएर शनिबार अपराह्न ३ः५२ बजे आत्महत्या गरेको प्रहरी वृत बालाजुले बताएको छ।
प्रहरीकाअनुसार मृतक अनुमा डा.ढकालको घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। नर्स अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे।
अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको र उक्त डायरीमा अनुमाले आफ्नो जीवन भोगाइ, प्रेम सम्बन्ध, विवाहका लागि भएको प्रयास र केटा पक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेको प्रहरी परिसरले जनाएको छ।
स्थायी घर चितवन भएकी नर्स र स्थायी घर नुवाकोट भएका डाक्टर सुजन ढकाल लामो समयदेखि प्रेम सम्बन्धमा थिए। अनुमा सुजनको बोहोराटारस्थित घरमा समेत गएर बस्ने गरेकी थिइन्। तर, उनीहरूले विवाह भने गरेका थिएनन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया