रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।

सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले गरेकाे साे निर्णय संसदीय दलकाे बैठकले अनुमाेदन गरेकाे प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

नागरिकता मुद्दामा सांसद पद खारेज भएपछि पार्टी संसदीय दलकाे नेताबाट पनि मुक्त भएका थिए। त्यसयता संसदीय दलकाे नेताकाे जिम्मेवारी सम्हालेका पार्टी उपाध्यक्ष डाेलप्रसाद अर्यालले हिजाे मात्रै उक्त पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: : 2023-05-01 15:30:00

प्रतिकृया दिनुहोस्