तनहुँ १ का उम्मेदवार भट्टराईलाई आचारसंहिता अनुगमन समितिले सोध्यो स्पष्टीकरण

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईलाई स्पष्टीकरण सोधेको छ।

आचारसंहिता उल्लंघन गरेको भन्दै अनुगमन समितिले भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

मौनअवधिमा भाेट मागेकाे भन्दै उजुरी परेपछि उनीसंग स्पष्टीकरण सोधिएको समितिले जनाएको छ।

भट्टराई नेपाली कांग्रेसका उम्मेदवार हुन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मतदान भइरहेको छ।

प्रकाशित मिति: : 2023-04-23 12:28:00

प्रतिकृया दिनुहोस्