अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
बिएल संवाददाता
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको काँग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि जुम्लाका दुई महिला नेतृले उम्मेदवारी घोषणा गरेका छन्।
चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र युवा नेतृ तथा नेपाल निर्माण व्यवसायी महासंघकी केन्द्रीय सदस्य रामदेवी खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन।
चन्दननाथ नगरप्रमुखसमेत रहेकी सेजुवालले कांग्रेसको केन्द्रीय सदस्यमा संस्थापन पक्षबाट उम्मेदवार घोषणा गरेकी हुन। उनी कांग्रेस जुम्लाका तत्कालीन सभापति मानव सेजुवालको हवाईजहाज दुर्घटनामा परी मृत्यु भएपछि पत्नी कान्तिका काँग्रेस जुम्लाको खुला राजनीतिमा आएकी छिन्।
स्नातकोत्तर अध्ययन गरेकी सेजुवाल शिक्षक पेसाबाट राजीनामा दिएर राजनीतिमा होमिएकी हुन्। पौडेल समूहबाट काँग्रेस केन्द्रीय सदस्यमा खड्काले उम्मेदवारी घोषणा गरेकी हुन।
खड्काले पार्टी नेतृत्वमा युवाको उपस्थिति र भूमिका, एक व्यक्ति, एक पद, पार्टी र सरकारको नेतृत्वमा युवा महिलाको उपस्थिति, जिम्मेवारी, असल र सफल नेतृत्व निर्माणजस्ता विषयमा सशक्त भूमिका रहने बताइन।
देशभरका महाधिवेशन प्रतिनिधिलाई आफ्नो मत दिनसमेत दुवै उम्मेदवारले आग्रह गरेका छन्। खड्का ०७४ को निर्वाचनमा कांग्रेसको समानुपातिक सांसदको बन्दसूचीमा परेकी थिइन्।
उनले भनिन्, 'विद्यार्थी जीवनदेखि राजनीतिमा लागेकी हुँ। मेरो उम्मेदवारीले पार्टीलाई थप बलियो बनाउनेछ।'
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया