कांग्रेस नेता भट्टराईलाई निर्वाचित गर्न प्रकाशमान सिंहको आग्रह

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गोविन्द भट्टराई उच्च गदका नेता भएकाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुपर्ने बताएका छन्।

तनहुँको बन्दीपुरमा आज आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले गठबन्धनका उम्मेदवार भट्टराई निर्वाचित हुने विश्वास व्यक्त गरे।

कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका विषयमा उठेका प्रश्नहरू छिट्टै समाधान गरिने विश्वास व्यक्त गर्दै उनले नेता जोशीसँग छलफल भइरहेको जानकारी दिए। 

सिंहले स्वतन्त्रबाट उठेका स्वर्णिम वाग्ले अवसर पाउनजेल कांग्रेसबाट अवसर लिएको र नपाएपछि पार्टी छोडेर हिँडेको टिप्पणी गरे।

केन्द्रमा गठबन्धनको सरकार भएको र गोविन्द भट्टराई उच्च कदको नेता भएकाले मन्त्री बन्ने सम्भावना बढी रहेको उनको भनाइ थियो। 

उनले भने, 'विद्यार्थी सङ्घ केन्द्रीय सभापति भएका नेता भट्टराईले आफ्नो कार्यकालमा कुशलतापूर्वक कार्य गरेकाले मन्त्री बन्ने अवसरमा आउने र त्यसको लागि म पनि पहल गर्नेछु।'

आफू मन्त्री हुँदा भट्टराईले तनहुँका लागि धेरै शीर्षकमा बजेट माग्न धाएको र अन्य मन्त्रालयमा पनि धाएर बजेट पारेको स्मरण गर्दै स्मरण गर्दै नेता सिंहले पदमा नहुँदा पनि जनताको लागि काम गर्ने नेता भट्टराई भएको बताए। 

जनताको कामलाई कसरी सम्बोधन गर्ने भन्ने भावना भट्टराईमा भएको भन्दै उनले सुखदुःख र अप्ठ्यारो बुझ्ने उम्मेदवारलाई निर्वाचित गर्न आग्रह गरे।

नेकपा (माओवादी केन्द्र)का नेता हरिबहादुर चुमानले गठबन्धनले उपयुक्त उम्मेदवार दिएको बताए। 

'अहिलेसम्म निष्ठा, आर्दशको राजनीति गरिहेको गोविन्द भट्टराई हुनुहुन्छ', उनले भने, 'सरल र सहज नेतृत्वको प्रस्ताव भएको छ जित सुनिश्चित छ।'

भट्टराईको उम्मेदवारी समर्थन मात्रै नभई सहयोग गर्ने दृढ समर्थन भएको चुमानले बताए। 

उनले तनहुँको जमिन खोस्रिने, यहीको अन्तरविरोध हटाउने राष्ट्रको समस्या समाधान गर्नसक्ने क्षमता, जनतासँग भिजेको भुई मान्छे भएकाले भट्टराईलाई जिताउन आग्रह गरे।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शङ्कर भण्डारीले गोविन्द भट्टराईलाई भोट हाल्न पाउनु तनहुँवासीको लागि गौरवको विषय भएको बताए। 

नेपाली कांग्रेस तनहुँमा सभापति जितप्रकाश आलेले योग्य, क्षमतावान, विकासको लागि अहोरात्र खट्ने नेता भएकाले गोविन्द भट्टराई जिताउनु आवश्यक रहेको बताए।

प्रकाशित मिति: : 2023-04-12 21:39:00

प्रतिकृया दिनुहोस्