लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले सचिव लेखराज भट्टकाे घरमा पुगेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आइतबार धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड नेता भट्टको घरमा पुगेका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड भट्टकाे घरमा खाना खाएर समारोहमा सहभागी हुन महेन्द्रनगर जाने छन्।

भट्ट पूर्वमाओवादी नेता हुन्। उनी नेकपा विभाजनपछि एमाले प्रवेश गरेका थिए।

प्रकाशित मिति: : 2023-04-09 12:09:00

प्रतिकृया दिनुहोस्