विश्वकप फुटबल

हरेक विश्वकपमा दर्शकले मिस गरिरहने अनुहारहरु

Photo: Agency
Photo: Agency

२२औँ संस्करणकाे फिफा विश्वकप फुटबल कतारमा आयोजना हुँदैछ। नाेभेम्बर २० बाट सुरु हुने फुटबलको यो महाकुम्भले यतिबेला विश्वकै माहौल तताइरहेको छ।

यतिबेला मानिसमा कुन देश कुन खेलाडीकाे समर्थन गर्न/नगर्नेबारे चर्चा र आलोचना हुन थालेको छ। तर, दशकदेखि विश्वकप खेलाडी भन्नसाथ विश्वका केही चर्चित खेलाडी हरेक मानिसको मनमा आउँछन। जसले विश्वकपमा आफ्नाे दमदार प्रस्तुति दिएका थिए। उनीहरुलाई फुटबल जगतकै भगवानसमेत मान्छन्। दर्शकले भगवान नै मान्ने ती खेलाडीहरु जसलाई विश्वकप आउन साथ सम्झने गरिन्छ:


पेले

फुटबलकाे दुनियाँमा सबैभन्दा चर्चित नाम हाे, पेले। सन १९४० मा ब्राजिलमा जन्मेका उनी फुटबल जगतले उनलाई फुटबलको पिता भनेर चिन्ने गरिन्छ। ब्राजिलियन राष्ट्रिय टोलीका खेलाडी २०औँ शताब्दीमा सबैभन्दा पपुलर खेलाडी समेत हुन्।

उनले १,३६३ खेलमा १,२७९ गोल गरेका छन्। उनले तीन वटा विश्वकप खेलेका छन, उनले सन् १९५८, १९६२, १९७० मा, जसमा उनले दमदार खेल खेलेका थिए। उनले आफ्नाे देश ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन्। उनी फुटबल क्लब रियल माडिड्र, युभेन्टस, र म्यानचेस्टर युनाइटेडबाट पनि खेलेका छन्। उनले आफैंले खेलेको तीनवटा विश्वकपमा १२ गोल गरेका थिए। ब्राजिल हालसम्म ५औँ पटक विश्वकप जित्ने राष्ट्र हो।

डिएगो  म्यारोडोना

म्यारोडोनाको समयमा विश्वले उनलाई फुटबलको राजा भन्थ्याे। उनले फुटबल खेलेर विश्वलाई चकित पारेका थिए। अर्जेन्टिना राष्ट्रिय टोलीका खेलाडी उनी बल पास, बल कन्ट्रोल र ड्रिब्लिङ गर्न एकदमै माहिर थिए।

उनले सन १९८६ मा अर्जेन्टिनालाई उपाधिसमेत जिताएका थिए। उनले आफ्नाे करिअरमा ३४ वटा अन्तरार्राष्ट्रिय गोल गरेका छन्। उनी सन २००८ मा अर्जेन्टिना राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। उनी सन १९९१ र १९९४ मा ड्रग्समा लिएको कारण पक्राउ परेका थिए।

जोहन क्रूफ

सन १९४७ डच राष्ट्रिय टोलीका खेलाडीको क्रजेले तीन पटक बलुन डिआर जितेका थिए। उनले ४८ खेलमा ३३ गोल गरेका छन्।

उनी पनि आफ्नाे समयको एकदमै प्रख्यात खेलाडी हुन्। उनले सन १९७४ मा नेदरल्यान्डलाई विश्वकपमा पुर्‍याएका थिए।

फ्रान्च

सन १९४५ मा जर्मनमा जन्मेका उनी, जर्मनी राष्ट्रिय टोलीबाट फुटबल खेल्दै आएका थिए। उनले तीन पटक विश्वकप खेल्ने मौका पाएका थिए। उनी पहिलो कप्तान हुन जसले विश्वकप र यूरो कप जितेका थिए।

उनी सन १९४५ मा जर्मनीका कप्तान थिए, सोही वर्ष जर्मनी विश्वकपको बिजेता बनेको थियो। उनलाई सन १९७२ मा खेल पत्रकारको प्यानले १९७२ मा ब्लुन डिआर अवार्ड पाएका थिए। जर्मनले हालसम्म ४ पटक विश्वकप जितेको छ।

रोनाल्डो

ब्राजिल राष्ट्रिय टोलीका स्ट्राइकर रोनाल्डो विश्वकप खेल्ने एउटा प्रख्यात खेलाडीको रुपमा परिचित छन्। उनले ९८ खेलमा ६२ गोल गरेका छन्। उनले सन २००२ मा भएको विश्वकपमा दुई गोल गरेका थिए।

उनले फुटबल क्लब रियल भ्यालोडिबाट खेलेका थिए भने उनलाई ग्रेटेस प्लेयर अफ अल द टाइम भनेर चिनिन्छन्।

जाइेडेन जाइडाइन

फ्रान्सेली राष्ट्रिय टोलीका अटायकी मिडफिल्डर जाइेडेन जाइडाइनको प्रशंसा हरेक विश्वकपमा हुन्छ। फुटबल क्लब रियल माडिड्रका प्रशिक्षकसमेत रहेका उनले तीन पटक विश्वकप खेल्ने मौका पाएका छन्।

उनले सन १९९८ मा ब्लुन डिआर अवार्डसमेत जितेका थिए। उनी बल पास, बल कन्ट्रोल गर्नमा माहिर भनेर चिनिन्थे। उनले सन १९९८ को फाइनलमा दुई गोल गरेर फ्रान्सलाई विजेता बनाएका थिए।

रोनाल्डिनो

ब्राजिलमा जन्मेका रोनाल्डिनो गाउचो विश्वका एक दमदार अटायकी मिडफिल्डरको रुपमा हालसम्म परिचिति छन्। उनलाई बेस्ट र मस्ट टयालेन्टेडे खेलाडीको रुपमा विश्वमा प्रख्यात छन्।

फुटबल क्लब पिएसी, बार्सिलोना क्लबबाट खेलेका उनी दुईपटक विश्वकप खेल्ने मौका पाएका थिए। उनले ९७ क्याप र ३३ गोल गरेका छन्। उनले फुटबलबाट सन्यास लिएपनि उनको फ्यान अहिले पनि विश्वमाझमा छन्।

फेरेन्स पुस्कर

हगेंरीमा जन्मेका फेरेन्स पुस्कर अहिलेसम्मका धेरै प्रख्यात खेलाडी हुन्। उनले ८५ अन्तर्राष्ट्रिय खेलमा ८४ गोल गरेका छन्। उनका बुबा पनि फुटबल खेलाडी थिए।

हगेंरीले विश्वकप नजिते पनि उनी विश्वकप खेल बिना नै सबैको माझमा छिट्टै प्रख्यात भए। उनले स्पेनिस लिग र राष्ट्रिय टोलीबाट ६१९ खेलमा ६१० गोल गरेका छन्।

लोथर माथोस

सन १९९० को जर्मनका कप्तान हुन लोथर माथोस। जर्मनीलाई कप्तानी गरेका उनले सो विश्वकपमा राम्रो प्रदर्शन गरेका थिए। उनले एकपटक ब्लनु डिआर अवार्डसमेत पाएका थिए।

उनले सन १९९१ मा फिफा वल्र्ड कप प्लेयर अफ द एयर अवार्डसमेत हासिल गरेका थिए।

मिरस्लोभा क्लोस

सन २०१४ को मस्ट पपुलर खेलाडी हुन मिरस्लोभा क्लोस। जर्मनीमा जन्मेका उनी सन २०१४ मा भएको विश्वकप ४ गोल गरेका थिए। उनी जर्मनका फरवार्डर हुन्।

उनले १३७ खेलमा ७१ गोल गरेका छन भने उनले १६ विश्वस्तरीय खेल खेलेका छन्।

प्रकाशित मिति: : 2022-11-12 07:07:00

प्रतिकृया दिनुहोस्