सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुने

File photo
File photo

सरकारको न्युनतम साझा कार्यक्रम  साँझ ५ बजे सार्वजनिक गरिने भएको छ।

१० दलीय सत्ता गठबन्धनले बिहीवार बिहान बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे।

बैठकपश्चात नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले आजको बैठकमा गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको उनकाे भनाई छ। र आज बेलुकी ५ बजेसम्म दल र नेताहरुले दिनसक्ने ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक सार्वजनिक गर्ने निर्णय भएको बताए।

उनले भने, ‘राजनीतिक दलहरूको बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो। मोटामोटी रूपमा सहमति भएको छ, सबै बीचमा। सानातिना सुझावहरू केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ। लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मूलभूत रूपमा सहमति भएको छ।’


 

प्रकाशित मिति: : 2023-04-06 11:29:00

प्रतिकृया दिनुहोस्