प्रदेश १ को नामकरण पहिचानका आधारमा हुनुपर्ने भन्दै प्रदेशसभा सचिवालय नजिक प्रदर्शन भएको छ।
प्रदेशको नाम कोसी हुने लगभग निश्चित भएपछि लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले विराटनगरको देवकोटा चोकमा पहिचान पक्षधरले प्रदर्शन गरेका हुन्।
प्रदेशको नाम कोसी राख्न गरिएको प्रस्तावमाथि अहिले सभामा छलफल चलिरहेको छ।