बलात्कारको अभियोग लागेका न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी

बलात्कारको अभियोग लागेका न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गर्न अनुमति दिएको अदालतका तहसिलदार गोकर्ण लम्सालले बताएका छन्।

'हिजो नै पक्राउ पूर्जी जारी भएको हो,' तहसिलदार लम्सालले भने।

पत्नीले गिरीविरुद्ध हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन्।

गिरीकी पत्नीले न्यायाधीशलाई कारबाहीको माग गर्दै नयाँ बानेश्वरस्थित संसद्‍ भवन अगाडि प्रदर्शनसमेत गरेकी थिइन्।

प्रकाशित मिति: : 2023-04-05 19:41:00

प्रतिकृया दिनुहोस्