सत्तारुढ ४ दलको बैठक सुरु

सत्तारुढ गठबन्धन ४ दलको बैठक बालुवाटारमा सुरु भएको छ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरु सहभागी छन्।

सचिवालयका अनुसार बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल हुनेछ।

प्रकाशित मिति: : 2023-04-04 19:06:00

प्रतिकृया दिनुहोस्