स्वर्णिमविरुद्ध गोविन्दलाई लिएर चुनावी मैदानमा उत्रिँदै गगन थापा

फाइल तस्विर
फाइल तस्विर

आगामी वैशाख १० मा हुने उपनिर्वाचनको लागि काँग्रेसका गोबिन्द भट्टराईको उम्मेदवारी दर्ता गराउन महामन्त्री गगन थापा तनहुँ आउने भएको छन।

सोमबार हुने मनोनयन दर्ताको लागि भट्टराईसँगै महामन्त्री थापा पनि तनहुँ–१ मा आउने तय भएको जिल्ला सभापति जीतप्रकाश आलेले जानकारी दिए। आलेकाअनुसार उनीहरुले सोमबार बिहान जिल्लामा एक कार्यक्रमको आयोजना गर्ने र दिउँसो २ बजेपछि उम्मेदवारी दर्ता गर्ने योजना रहेको छ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ वैशाख १० मा उपनिर्वाचन हुँदैछ। सो क्षेत्रमा काँग्रेसले गोबिन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

यो निर्वाचन क्षेत्रमा केही दिनअघि मात्रै नेपाली काँग्रेस त्यागेका डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिँदै छन्। काँग्रेसलाई विभिन्न आरोप लगाएर रास्वपा प्रवेश गरेका वाग्लेलाई हराउन काँग्रेसले सो क्षेत्रमा हेभीवेटका नेताहरुलाई परिचालन गर्दै।

त्यसको लागि सोमबार नै थापासँगै शंकर भण्डारी, ध्रुब वाग्ले र प्रदीप पौडेल तनहुँ आउँदैछन्।

प्रकाशित मिति: : 2023-04-02 13:17:00

प्रतिकृया दिनुहोस्