अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
ध्रुब बस्याल
सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरूले प्रश्न गर्न सुरु गरेका छन्। सिंहदरबारमा शुक्रबार बिहान साढे ८ बजेदेखि बसेको बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषयमा प्रश्न गरिरहेका छन्।
बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए, त्यसपश्चत स्थगित भएकाे बैठक अहिले जारी छ। जसमा अहिले सांसदहरुले कार्कीलाई प्रश्न गरेका छन्।
कार्कीलाई एमाले सांसद महेश बर्ताैलाले ‘नागरिकहरूमा न्यायालयमा भरोसा/विश्वास गुम्ने गरेको छ, किन यस्तो अवस्था आयाे ?, अब तपाईंकाे भूमिका के रहन्छ ?’ भन्ने प्रश्न गरेका छन्।
त्यस्तै एमाले सांसद पदम गिरीले ‘लामो समयदेखि न्याय क्षेत्रमा काम गर्नुभयो। न्यायालयभित्र समस्या छन् भन्ने सुनिन्छ, तपाईंकाे नेतृत्वमा के-के काम भए ?, छाेटाे अवधिकाे लागि प्रधानन्यायाधीश हुँदै हुनुहुन्छ, यस्ताे अवस्थामा कसरी काम गर्नुहुन्छ ?’ भन्ने प्रश्न गरे।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डाेलप्रसाद अर्यालले पनि ‘नियुक्तिबाटै भ्रष्टाचार सुरु हुन्छ भनिन्छ, तपाईंकाे नियुक्तिमा पनि पहिले यस्तै भएकाे थियाे कि ?’ भन्ने प्रश्न गरेका छन्।
यसैगरी एमालेकी ईश्वरी जीएमले 'अदालतमा बिचौलियाहरू हुन्छन् भन्ने सुन्ने गरेका छौँ, तपाईंको प्रस्ताव हेर्दा न्यायलयभित्र बिचौलिया हुन्छन् भन्ने औपचारिक रूपमा उठान गरेको मैले अनुभूति गरेकाे छु। कानुन व्यवसाय, राजनीतिक दल बिचौलियाहरू को-को हुन् ? हामीले जान्न पाउनुपर्छ। ती बिचौलियाहरूलाई रोक्न के गर्नुभयो ? ठुलो-ठुलो मुद्दाहरू राजनीतिक संरक्षणमा बच्छन भन्ने छ, के यस्तो हो ? न्यायालयभित्रको भष्टाचार र अनिमियता हटाउन, पादर्शी बनाउन र न्यूनीकरण गर्न कसरी सकिन्छ ? महिलाका संवेसनशील घटनाहरू यत्तिकै छन्, यसलाई कसरी सम्बाेधन गर्नुहुन्छ ? भनेर सोधिन् ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया