रास्वपा केन्द्रीय समिति र संसदीय दलकाे बैठक बस्दै, प्रधानमन्त्रीलाई विश्वासकाे मत दिने/नदिनेबारे छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकाे केन्द्रीय समिति र संसदीय दलकाे बैठक बाेलाएकाे छ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहान ११ बजेकाे लागि पार्टी केन्द्रीय कार्यालय बसुन्धारमा बैठक बाेलाइएकाे पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

‘बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कुरा छ, त्यसमाथि भाेलि प्रधानमन्त्रीज्यूले विश्वासकाे मत लिने कुरा छ, त्यसबारे पनि छलफल हुन्छ,’ ढकालले बिएल नेपाली सेवासँग भने।

पार्टी सभापति रवि लामिछाने गृहमन्त्रालय नपाएपछि सरकार छाडेकाे रास्वपाले सरकारलाई दिएकाे विश्वासकाे मत फिर्ता लिएकाे छैन। तर्सथ, भाेलि पुन: विश्वासकाे मत लिन लागेका प्रधानमन्त्रीलाई विश्वासकाे मत दिने नदिनेबारे रास्वपाले आधिकारिक निर्णय गरेकाे छैन।

राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनलाई सघाएकाे रास्वपाले पुन: सरकारमा फर्किने संकेत गरेकाे छ।

प्रतिनिधिसभामा रास्वपाका १९ सदस्य रहेका छन्।

प्रकाशित मिति: : 2023-03-19 10:35:00

प्रतिकृया दिनुहोस्