दिनेश घिमिरे
म बाँचेँ भने तिमी सम्झेर आउनु
प्रेमको बगैंचा लिएर मनहरूमा
तिमीलाई आँखाहरूमा सजाउँला
प्रेम गीत बनेर गाउँला भाकाहरूमा
सजाउँला तिमीलाई मन मन्दिरमा।
मैले बोलाएँ भने तिमी सम्झेर आउनु
दुःखहरू बहलाउने आवाज बनेर
गाउँ सहरका मनमा खुसी बनेर आउनु
तिमीलाई ओठहरूमा सजाउँला म
सँगै गाउँला भाकाहरूमा खुसी बनेर।
म कहिले रोएँ भने तिमी सम्झेर आउनु
आँसुका थोपा थोपाहरूभित्र संगालिन्
आँसुका सिन्दुर लिन आउनु गाउँ सहरमा
आँसु भित्रका बेदनामा सँगै–सँगै बाँचौंला
श्रृंगाराैँला आँसुले जीवनका पलहरूलाई।
म मरेँ भने पनि तिमी मलाई सस्झेर आउनु
मेरा दुःख र सुखहरू तिमी सँगै लैजानु
मलाई सम्झेर फेरि कहिल्यै पनि नरूनु
बरू मेरा आँसुहरू संगालेर आफैंमा राख्नु
अनि लिपि बनेर तिमी गाउँ सहरमा बस्नु
किनकि तिमिले मलाई धेरै बुझेकी छाै
मलाई छातीमा एक थुङ्गा सुवास दिनु।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया