जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिकाे उम्मेदवार बनाउने 

File Photo
File Photo

जनमत पार्टीले नेतृ ममता झालाई उपराष्ट्रपतिकाे उम्मेदवार बनाउने भएको छ।

सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्दै जनमतले झालाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।

सदभावना पार्टीबाट राजनीति सुरु गरेकी झा केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी थिइन्।

यसअघि नागरिक उन्मुक्ति र जनता समाजवादी पार्टी (जसपा) ले उपराष्ट्रपतिमा दाबी गरिसकेकाे छ। नागरिक उन्मुक्तिले अध्यक्ष रञ्जिता श्रेष्ठ र जसपाले नेता रामसहाय प्रसाद यादवलाई उठाउने निर्णय गरेकाे छ।

तर सत्ता गठबन्धनले भने उपराष्ट्रपतिकाे विषयमा आधिकारिक निर्णय गरेकाे छैन। 

प्रकाशित मिति: : 2023-03-10 16:29:00

प्रतिकृया दिनुहोस्