प्रचण्डविरुद्धको रिटमा न्यायाधीश खतिवडाको इजलासमा सुनुवाइ जारी

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेकाे रिटमा निवेदकका तर्फबाट सुनुवाइ भइरहेकाे छ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरुद्ध सोमबार दर्ता भएको रिटमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो।

२०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए। उनको सो अभिव्यक्तिविरुद्ध सर्वोच्चमा रिट परेको थियो।

प्रकाशित मिति: : 2023-03-10 13:08:00

प्रतिकृया दिनुहोस्